राजघाटमा सहकारीसंस्था विधिवत रुपमा एकिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

राजघाटमा सहकारीसंस्था विधिवत रुपमा एकिकरण



राजघाट / मोरङको राजघाटमा पहिलो पटक दुईवटा सहकारी संस्थाबिच मंगलवार विधिवत रुपमा एकिकरण गरिएको छ । जीवन ज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान महिला कृषि सहकारी संस्था बिच एकिकरण गरिएको हो । अरनिको उच्च माबि राजघाटको प्राङ्ग्रणमा दुबै सहकारीको बिशेष साधारण सभा गरिएको थियो । बिशेष साधरण सभापछि सहकारी संस्था नाम जीवज ज्योती महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड नाम राखिएको छ ।

जीवन ज्योतीका ५ सय ६३ जना र साना किसानको ५ सय ७० जना सेयरसदस्यहरु रहेकोमा १ सय ७१ जना दुबै सहकारीका सेयर सदस्य रहेका थिए । दुबै सहकारीका दोहोरीएका सदस्यहरुलाई एउटै गणना गरि हाल ९ सय ६२ जना सेयर सदस्य बनाइएको छ । सहकारी एकिरकण भएपछि एकिकृत वासलात रकम जम्मा १ करोड ३५ लाख ४ हजार २ सय ९९ रुपैंया रहेको साधरणसभामा जानकारी गराईएको छ ।

यसैबिच साधरण सभाले हिरा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कोपिला खनाल सदस्यहरुमा तारा धिमाल,खिनादेबी आचार्य,सुनिता चौहान,लक्ष्मीमाया तामाङ,रन्धता कडेल खड्का,मीना पौडेल,शान्ता बनेम र सरिता आपागाई चयन भएका छन् । यस्तै,लेखा समिती संयोजकमा माया राई र सदस्यहरुमा मुना अधिकारी र हुमा भट्टराई रहेका छन् ।

केन्द्रीय फलफुल तथा सहकारी संस्थाका केन्द्रीय उपाध्यक्ष मक्तिनाथ बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र भण्डारीको पनि आतिथ्यता रहेको थियो । प्रमुख अतिथी बरालले सहकारीले आयमुलक क्षेत्रमा लगानी लगाई सेयर सदस्यहरुको जिवनस्तर उकास्न लाग्नुपर्नेमा जोडदिनुभयो ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०३:१९