महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मालिका विकास बैंक एक आपसमा गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मालिका विकास बैंक एक आपसमा गाभिने



काठमाडौं । महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मालिका विकास बैंक एक आपसमा गाभिने भएका छन् । तीन वटै संस्थाबीच गाभिने औपचारिक सम्झौतासमेत भइसकेको छ । सम्झौतापत्रमा महालक्ष्मीका मर्जर समिति संयोजक संजय गिरि, मालिकाका संयोजक राजेश रौनियार र सिद्धार्थका अध्यक्ष रमेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

तीन संस्था गाभिएपछि राष्ट्रियस्तरको विकास बैंक बन्ने र बैंक महालक्ष्मी विकास बैंकको नामबाट सञ्चालन गरिने बताइएको छ । गाभिएपछि बैंकको पुँजी १ अर्ब १५ करोड पुग्ने छ । त्यस्तै बैंकको निक्षेप १० अर्ब ७१ करोड र कर्जा ८ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै नयाँ बन्ने बैंकको शाखा सञ्जाल ४० पुग्नेछ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०४:०२