एनसेलको ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक योजना, यी १० देशमा लिन सकिन्छ फाइदा



काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक योजनामा असोज १६ गतेबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।

यससँगै भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुनेछ । यस अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्ट पेड ग्राहकले यी देशको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र सय रुपैयाँ र करसहित १२७.६९ रुपैयाँ अनलिमिटेड रोमिङ डेटा सेवा लिन सक्नेछन् ।

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।
यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

एकपटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक माथि उल्लेखित १० देशको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ सेवा नेपालमा नै सुचारु गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन होला ?

काठमाडौं । सरकारले दुई वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप यसको फ्रेमवर्क सार्वजनिक

नौ महिनासम्ममा नेपाल टेलिकमको खुद नाफाः ७ अर्ब ५६ करोड ५५ लाख रुपैंयाँ

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालू आर्थिक वर्षको नौ महीनासम्ममा

२०७७ सालमा कहिले-कहिले छ विवाह र व्रतबन्धको शुभलग्न ?

काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८