कञ्चनपुरका १० वटा सहकारी संस्था खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कञ्चनपुरका १० वटा सहकारी संस्था खारेज



sahakariकञ्चनपुर । कञ्चनपुरका १० वटा सहकारी संस्था खारेज भएका छन् । लामो समयसम्म वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र साधारण सभासम्बन्धी कागजात नबुझाएको भन्दै १० सहकारी संस्था खारेज गरिएका हुन् ।
डिभिजन सहकारी कार्यालय कञ्चनपुरले तीन वर्ष यता कञ्चनपुरका १० संस्थालाई खारेज गरेको हो ।
पटक–पटक लेखा परीक्षण माग गर्दा पनि आनाकानी गरी कुनै कागजात नबुझाएका कारण, दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर खातीले जानकारी दिए ।
डिभिजन कार्यालय कञ्चनपुरमा ३ सय ९४ सहकारी दर्ता छन् । जस मध्ये ४२ सहकारीलाई निस्कृय सहकारीको सूचीमा राखिएको छ ।
निस्कृय रहेका सहकारीको पनि स्थलगत अध्ययन गरी खारेजी गर्ने तयारी भइरहेको डिभिजनका सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०५:५१