श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको २०७५/७६ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालन समितिले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको सो निर्णय आगामी २५औं साधारण सभामा अनुमोदनका पेश गर्ने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ८१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात यो पुँजी ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १८ आश्विन २०७६, शनिबार ०८:४८