विजया दशमीको दिन पनि वाणिज्य बैंकका दुई शाखा खुल्ने



काठमाडौं । वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने तथा दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् ।

वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।

काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ।


त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्।


शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री

२०७७ सालमा कहिले-कहिले छ विवाह र व्रतबन्धको शुभलग्न ?

काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८

नेपालमै कोरोना भाइरसको औषधी तयार, पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान

छ करोड ९१ लाखमा तयार भयो एशियाकै अग्लो झोलुङ्गे पुल

पर्वत । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो