दशैमा कति दक्षिणा जम्मा पार्नु भयाे ? १४ कम्पनीकाे साढे चार करोड कित्ता आइपिओ आउदै



चाैध वटा कम्पनीले साढे चार करोड कित्ता साधारण सेयर निष्काशन गर्ने भएका छन् । एउटा कम्पनीले सेयर निष्काशनको अनुमति पाइसकेको छ भने १३ वटा कम्पनी पाइपलाइनमा रहेका छन् ।

शिवश्री हाइड्रोपावरले सर्वसाधारणका लागि ३३ लाख ५१ हजार एक सय ४० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ । यसबाहेक, नौ वटा जलविद्युत् कम्पनी सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् ।

तेह्रथुम पावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति मागेको छ भने सीइृडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको छ । सुभम पावरले स्थानीयलाई एक लाख ८० हजार पाँच सय ८० कित्ता सहित पाँच लाख ८० हजार पाँच सय ८० कित्ता सेयर निष्काशन गर्न लागेको छ ।

लिवर्टी इनर्जी कम्पनीले ३७ लाख ५० हजार कित्ता, युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले १० लाख ५० हजार कित्ता, सिंगडी हाइड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता, मैलुंग खोला जलविद्युत् कम्पनीले सात लाख ३६ हजार दुई सय ८६ कित्ता, ग्रीन लाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार चार सय कित्ता र माउन्टेन इनर्जीले ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्काशन गर्न लागेका छन् ।

त्यस्तै, इमर्जिङ नेपालले पाँच लाख कित्ता, पुनर्विमा कम्पनीले एक कराृड ६० लाख कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता र सीबीआईएल क्यापिटलले तीन लाख कित्ता आईपिओ निष्काशन गर्ने अनुमति मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री

कोरोनाको जोखिम काठमाडौंमा बढ्न थालेपछि शेयर बजार पुनः बन्द

काठमाडौं । लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न

डेढ महिनापछि खुल्यो सेयर कारोबार, एक घन्टा २४ मिनेटमै सर्किट ब्रेक

काठमाडौं । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक

शेयर बजार आगामी मंगलवारदेखि, कारोबार भने दुई घन्टा मात्र

काठमाडौं । शेयर बजार आगामी मंगलवारदेखि सूचारु हुने भएको छ । तर कारोबार