आयल निगम र विराट पेट्रोलियम कम्पनीविरुद्ध उजुरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयल निगम र विराट पेट्रोलियम कम्पनीविरुद्ध उजुरी



काठमाडौं । नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलयमा उजुरी दायर भएको छ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

विद्यार्थी युनियन (अनेरास्ववियु) ले निगम र कम्पनीवीच भएको सम्झौताका विषयमा छानबिन गर्न माग गर्दै बुधबार उजुरी दायर गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष नविना लामाको नेतृत्वमा उक्त कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयल निगममा भएको भ्रष्टाचार, कमिसनका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करलाई ध्यानाकर्षण समेत गराएको छ ।

विराट कम्पनीले दैनिक ३ लाख लिटर पेट्रोल प्रचलित मूल्य भन्दा ३० रुपैयाँ बढी लिएर पाँच दिनसम्म बिक्री गर्दा प्राप्त भएको रू. चार करोड ५० लाख राज्यकोषमा दाखिला गर्न समेत सङ्गठनले माग गरेको छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार १५:४७