काठमाडौंमै यसरी छापिन्छ नक्कली नोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौंमै यसरी छापिन्छ नक्कली नोट



काठमाडौ । प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० हजार बराबरका नक्कली नेपाली नोट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको घर दोलखा रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

दशैंका बेला उनीहरुले ठूलो मात्रामा नक्कली नोट बजारमा पठाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नियन्त्रणमा रहेका तीनै जनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार १२:१७