कास्कुनमा चुनावी चहलपहल, यस्तो छ भिडन्तको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कास्कुनमा चुनावी चहलपहल, यस्तो छ भिडन्तको तयारी



काठमाडौं । काठमाडौँ बचत तथा ऋण सहकारी संघ  (कास्कून) को चुनावी तातो सुरु भएको छ । नयाँ नेतृत्वका लागि त्रीपक्षीय आकांक्षी देखिएका छन् ।
भोलीदेखि हुने चुनावमा प्रमुख तीन पार्टी निकट सहकारीकर्मीबिच चुनाव हुने संभावना देखिएको छ । यद्यपी पर्सीसम्म चुनाव हुने भएकाले सर्वसम्मतको तयारी पनि जारी भएको बताइन्छ । नयाँ नेतृत्व चयनका लागि सबै पक्ष आफ्नो ढंगले क्रियाशील भएर लागेका छन् ।


नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष शम्भुप्रशाद घिमिरे सर्वसम्मत पाए फेरी नेतृत्व गर्ने पक्षमा देखिएका छुन् । यदी चुनाव हुने भए कुशश्री न्यौपानको नेतृत्वमा समूह घोषणा गरिने बताइएको छ । नेशनल कोअपरटर्स एलाईन्सबाट नयाँ नेतृत्वका लागि आज बेलुकीसम्म उम्दवार छनौट गर्ने कार्यक्रम तय भएको एलाईन्स निकट कमलराज अधिकारीले जानकारी दिए ।
एक कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले काठमाडौं बचत संघले रचनात्मक काम गर्न चाहेको र आफ्नो कार्यकालमा केही अधुरो रहेको भन्दै आफ्नो पक्षमा सर्वसम्मती हुने र नेतृत्व पाए गतिशील भएर नेतृत्व हाक्ने बताएका छन् ।
त्यस्तै अध्यक्ष पदमा संघका वर्तमान सचिव केशव दंगालको समूह उठ्ने पक्का भएको छ । उनको समूहबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा नवराज अर्याल निर्वाचन प्रक्रियामा होमिने भएका छन्। अन्य पदमा कस कसलाई उठाउने भन्ने विषयमा छलफल भईरहेको बताइएको छ ।
यसैबीच काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून)को आगामी नेतृत्वका लागि सहकारीकर्मीहरु सहमतिको आधारमा अघि नबढे एकिकृत नेकपा माओवादी निकटका सहकारीकर्मीले पनि प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । उसले लक्ष्मीप्रसाद कुँईकेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिने तयारी गरेको छ ।

वैठकले १८ जनाको नामावली समेत तयार पारेको छ । कास्कूनको आगामी नेतृत्व चयनमा संवाद, सहमती र सहकार्य आवश्यक रहेको एमाओवादी निकट सहकारीकर्मी सुर्दशन थापाले बताए । कांग्रेस निकट सहकारीकर्मी र एमाले निकट सहकारीकर्मीलाई संवाद, सहमती र सहकार्य गरेर अघि बढ्न समेत उनको आग्रह छ । ‘हामी संग २० प्रतिशत मत छ’ एमाओवादी निकट निकट सहकारीकर्मीले भने, ‘हाम्रो मत नै निर्णायक हुनेछ ।’ दुबै पक्ष सम्बादमा आउन नचाहेको समेत केही सहकारीकर्मीको गुनासो छ ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०३:११