नागरिक लगानी कोषले ३५ प्रतिशत बोनश सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागरिक लगानी कोषले ३५ प्रतिशत बोनश सेयर दिने



काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत बोनश सेयर दिने भएको छ । कोषको आज बसेको २० औं साधारणसभाले सेयरधनीहरुलाई दिनेभनि प्रस्ताव गरेको ३५ प्रतिशत बोनश सेयर साथैकर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश पारित गर्ने कोषले जनाएको छ ।lagnai

चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा झण्डै ७२ अर्व रुपैयाँ बचत परिचालन गरेको कोषले ६५ अर्व रुपैयाँ लगानी गरेको जनाएको छ । कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलका अनुसार कोषको बचत संकलन ८ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ, यो वर्षको अन्त्यसम्म आईपुग्दा यो दर १५ देखि १७ प्रतिशत सम्म पुग्ने जानकारी दिए ।

उनले यो वर्ष लगानीको पक्षमा भने केही कमी आएको भन्दै भूकम्प र नाकाबन्दीका कारण लगानीमा केही कमी आएपनि लगानीको वातावरण बनेसंगै यसमा पनि विस्तार हुने जानकारी दिए ।

कोषले नेपाल सरकारको ऋणपत्र, निश्चित ब्याज प्राप्त हुने साधन, समयकालीन कर्जा, सङ्गठित संस्थाको शेयर धितोपत्र र सहभागी सापटी/आवास कर्जामा लगानी गर्दै आएको छ ।

कोषले मर्चेन्ट बैंकिङ्ग कारोबार अन्तरगत २० अर्व भन्दा बढिको साधारण सेयर निश्कासन तथा १० अर्व भन्दा बढिको हकप्रद सेयर निस्काशन सम्बन्धी सेवा प्रदान गरिसकेको छ । कोषले सेयर रजिष्ट्रारको रुपमा पनि बिभिन्न कम्पनीलाई सेवा दिंदै आएको छ । आगामी दिनमा लगानीको क्षेत्र विस्तार गर्ने योजना बनाएको कोषले कोषको इतिहासमा नै पहिलो पटक पाँच वर्षे रणनीतिक योजनाको सार्वजानिक गरी आफ्नो पाँच वर्षे रणनीतिमा तीन ओटा विजनेश पिल्लरहरु बचत, लगानी र पूँजी बजार क्षेत्रलाई प्रष्ट रुपमा छुट्याएर अगाडि बढ्ने जनाएको छ ।

कोषले गुणस्तरिय सेवा, आधुनिक प्रबिधी सुहाउँदो कर्मचारी दक्षता, सुचना प्रबिधीको अत्याधुनिक बिकास, सुबिधासम्पन्न भौतिक पुर्वाधारहरु,कार्यालय सञ्जाल बिस्तार गर्ने जस्ता बिषयहरुलाई उच्च प्राथमिकताका साथ अघि बढाउने  रणनीतिक योजना बनाएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए  ।

त्यस्तै कोषले आजै आफ्नो २६ औं वाषिकोत्सव समेत मनाउने भएको छ ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०८:२९