स्वदेशी उद्योगको प्रवद्र्धन र लगानीमैत्री वातावरण सृजना गर्नु आवश्यकतामा राष्ट्रपतिको जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वदेशी उद्योगको प्रवद्र्धन र लगानीमैत्री वातावरण सृजना गर्नु आवश्यकतामा राष्ट्रपतिको जोड



काठमाडौं । अन्तरराष्ट्रिय व्यापार मेला२०७२ बिहीवारदेखि शुरु भएको छ । भृकुटीमण्डपमा शुरु भएको मेलाको राष्ट्रपति विद्या भण्डारीले उद्दघाटन गरिन् । सो अवसरमा उनले मेलाले दक्षिण एसियामा व्यापारिक सम्वन्ध विस्तारमा सघाउ पुर्याउने बताइन् ।

साथै मेलाको माध्यमबाट औद्योगिक प्रवद्र्धन र विदेशी कम्पनीले अपनाएको प्रविधि अवलम्वन गर्न सकिने धारणा व्यक्त । मेलाबाट निर्यात प्रवद्र्धन र लगानीका क्रियाकलाप बृद्धि गरी नेपाल लगानीका लागि उपयुक्त स्थान हो भन्ने सन्देश दिन सकिने समेत उनले बताइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले स्वदेशी उद्योगको प्रवद्र्धन र लगानीमैत्री वातावरण सृजना गर्नु आवश्यक भएकोमा जोड दिइन् । ‘अहिले मुलुकको प्राथमिकतामा आर्थिक विकास परेको छ,’ उनले भन्नि ‘यस्तो अवस्थामा भएकोले सरोकारवालाहले मुलुमका लगानी गर्ने तर्फ ध्यान दिनु पर्छ ।’ साथै सुद्धिढ र आत्मनिर्भर अर्थतन्त्रमा ध्यान जानु आवश्यक भएको बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुराकरकाले अन्तरदेशिय व्यापार प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । मेलाले नेपालमा लगानीका लागि सुरक्षित गन्तव्य हो भन्ने कुराको विश्वास दिलाउने बताए । साथै विभिन्न राष्ट्रसँग व्यवसायीक सम्वन्ध विस्तारमा भूमिका खेल्ने जानकारी दिए । साथै अन्तरराष्ट्रिय बजारमा नेपाली सामान चिनाउन लागि पर्ने प्रवबद्धता व्यक्त गरे । त्यसका लागि सरकारको सहयोग चाहिने उनले बताए ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष भवानी राणाले यसप्रकारको मेलाले देशको व्यापार घाटा कम गर्न सक्ने बताइन् । साथै स्वदेशी तथा विदेशी लगानीकर्तँ नेपालमा लगानीका लागि पर्खिरहेको भन्दै त्यही अनुसारको वातावरण बनाउन सरकार समक्ष माग राखिन् । राणाले फास्ट ट्रयाकबाट ऐन ल्याउनुपर्नेमा समेत जोड इिन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा आयोजित मेलामा स्वदेशी एवं विदेशी गरि ३५० वटा स्टलहरु रहेका छन् । मेलामा आयोजक राष्ट्र नेपाल सहित भारत, चीन, पाकिस्तान, वंगलादेशको प्रत्यक्ष सहभागिता रहने छ । भारतबाट ७० वटा, चीनको ९० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टलहरु र वांकी नेपाली स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहेको बताइएको छ ।

मेलामा जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने कार्यक्रम छ । यो पांचौै संस्करण हो । मेलाको सहआयोजकमा महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ रहेका छन् ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०८:५७