रामचन्द्रका छोरा चिन्तनले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रामचन्द्रका छोरा चिन्तनले दिए राजीनामा



काठमाडौं । गरिब घर परिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले राजीनामा दिएका छन् । उनी कांग्रेस नेता रामचन्द्र पौडेलका छोरा हुन् ।
कार्यकारी अधिकार प्रत्यायोजन नगरिएको, स्थायी प्रकृतिका कर्मचारीको ब्यवस्था नभएको र मन्त्रायले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।
बिहीबार पत्रकार सम्मेलन गरेर चिन्तनले उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले काम गर्न नसकेको भन्दै दबाब दिएपछि राजीनामा दिएको बताए ।
सरकारले बोर्डमा स्थायी प्रकृतिको कर्मचारीको ब्यवस्था नगर्दा योजना अनुसारको काम गर्न नसकेको, कार्यकारी उपाध्यक्षलाई मन्त्रालयले कार्यकारी अधिकार नदिदा काम गर्न अप्ठ्यारो भएको र उपप्रधान तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले समेत बारम्बार काम गर्न सक्नु भएन गरिब परिचय पत्र बढ्न सक्नु भएन भनेर दबाब दिएको उनले बताए ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार १०:१३