डिजेल अभाव छिट्टै सहज हुन्छ : आपूर्ति मन्त्रालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिजेल अभाव छिट्टै सहज हुन्छ : आपूर्ति मन्त्रालय



oil nigamकाठमाडौँ । भारतीय आयल कप्रोरेशन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ ।

आपूर्तिमन्त्री गणेशमान पुनले व्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा सो जानकारी दिँदै एनओसीले नेपाल आयल निगमले माग गरेजति पेट्रोलियम पदार्थ अझ दिन नसकिरहेको बताए ।

उनले ग्यास एवम् पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै काम गर्दै आएको र अब छिट्टै आपूर्ति सहज हुने बताए । काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र गोरखाको खैरेनीटारमा पेट्रोलियम पदार्थ भण्डार केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाएको मन्त्री पुनले बैठकमा जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पेट्रोलियम पदार्थ आयातका लागि चीन सरकारसित थप कुराकानी हुने उने बताए ।

मन्त्री पुनले आयल निगमले आफ्ना कर्मचारीलाई बोनस वितरण नगर्ने सञ्चालक समितिको बोर्ड बैठकबाट भएको जानकारी सांसदहरुलाई गराए थियो । सो अवसरमा सांसदहरु पवनकुमार सारडा, छाया शर्मा पन्त, श्यामकुमार श्रेष्ठ, कञ्चन वादे श्रेष्ठ र अनन्त पौडेलले आयल निगमको आम्दानीबाट कर्मचारीलाई बोनस वितरण नगर्न र आपूर्ति सहज बनाउन माग गरेका थिए ।

आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले मन्त्रालयअन्तर्गत उपभोक्ता हित संरक्षण महाशाखा गठन गर्न लागेको जानकारी दिए

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार १३:३०