नेप्से २२ दशमलव १४ अंकले घट्यो,२ लाख ७७ हजार कित्ता सेयर किनबेच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से २२ दशमलव १४ अंकले घट्यो,२ लाख ७७ हजार कित्ता सेयर किनबेच



काठमाडौं । बुधवार नेप्से परिसुचक २२ दशमलव १४ अंकले घटेको छ । सो दिन ८ सय ३७ दशमलव ८३ मा झरेर बजार बन्द भएको छ ।

बुधवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ८६ दशमलव ४९ अंकले घटेको छ । त्यस्तै बैंकिङ समुहको २८ दशमलव ४१, अन्य समुहको ११ दशमलव ७४, विकास बैंकको १० दशमलव ५४ र जलविद्युतको ६ दशमलव ०५ अंकले ओरालो लागेको छ ।

त्यसैगरी फाइनान्स समुहको सुचक १ दशमलव ४६ अंकले घटेको छ । २ लाख ७७ हजार कित्ता सेयर किनबेचबाट १५ करोड २१ लाख बराबरको कारोवार भएको छ ।

 

प्रकाशित : १३ जेष्ठ २०७२, बुधबार १२:५७