आयोजना रोक्न दलालको चलखेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयोजना रोक्न दलालको चलखेल



काठमाडौं । परामर्शदाता छनोट चरणमा पुगेको ४ सय १० मेगावाटको जाजरकोटस्थित नलसिंहगाढ जलाशय जलविद्युत आयोजना बन्न नदिन स्थानीय दलालले चलखेल सुरु गरेका छन् ।

सरकारले ‘मिलेमतोमा’ एकतर्फी परामर्शदाता छनोट गरेको आरोप लगाउँदै उनीहरु प्रक्रियै रद्ध गराउन लागि परेका हुन्। ‘सर्ट लिस्ट’मा परेका चारमध्ये स्मेक इन्टरनेसनल अस्ट्रेलियारएमडब्लुएच अमेरिका र एफ कन्सल्ट स्विटजरल्याणन्ड दुई कम्पनीले गत असारमै प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए ।

आयोजना बनाउन गठित ‘नलसिंहगाढ जलविद्युत आयोजना विकास समिति’ले प्राविधिक र आर्थिक मूल्यांकन गरी स्मेकलाई परामर्शदाता छान्ने तयारी गरेको छ । तर समिति यसमा पनि प्रलोभनमा परेको दोस्रो कम्पनीका एजेन्टको दाबी छ ।

समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरले गुणस्तर तथा लागत छनोट विधिअनुसार प्राविधिक र आर्थिक मूल्यांकनमा उच्च अंक ल्याएको कम्पनीलाई परामर्शदाता छनोट गरिएको बताए ।  नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार ०८:५२