हिमालयन बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकको लाभांश घोषणा



काठमाडाै । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ  ।  बैंकको विहिबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष २०७५/०७६ को मुनाफा र बैंकको संचित कोषमा रहेको रकमबाट शेयरधनीलाई २२ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको हो । 


जस अनुसार बैंकले लगानीकर्तालाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार ११:१६