अजोड इन्स्योरेन्सले कति कमायो नाफा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सले कति कमायो नाफा ?



काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले रु ४ करोड २९ लाख मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार ४४३ बीमा लेख जारी गरेको छ ।

कम्पनीमा बीमा दावी पनि बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ३ महिनामा रु ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप रु ४ करोड ११ लाख दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी रु ७० करोड रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा रु ३० करोड बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ । गत असोज मसान्तसम्ममा कम्पनीले करिव ७८ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १४:५५