लकर सेवामा कडा निगरानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लकर सेवामा कडा निगरानी



काठमाडौं । बैंकहरुले ग्राहकको सुबिधाका लागि नगद तथा बहुमल्य बस्तुहरु राख्नका उपलब्ध गराउने लकर सेवामा अब कडा निगरानी हुने भएको छ । बैंकका लकरहरुमा गैरकाुननी बस्तुहरु लुकाएर राख्ने क्रम बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बद्ध निकायहरुलाई कडाई गर्न निर्देशन दिएको हो ।

Bank

अख्तियारको निर्देशनपछि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने लकस सेवाको पनि नियमन गर्ने भएको राजधानी दैनिकमा खबर छ । एमाओवादी सांसद ल्यारक्याल लामाको सम्पत्ति छानबिन गर्ने क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा अख्तियारले पेस्तोलको गोली फेला पारेपछि उनी थुनामा परेका छन् भने लकरबारे बिबाद बढेको छ । ।

बैंकहरुले खातावालको विवरण अध्यावधिक गर्ने गरे पनि लकरबारे नियमन नगरिदा बिकृति मौलाएको देखिएको छ।

ल्हारक्याल प्रकरणपछि राष्ट्र बैंकले लकरमा के राख्न पाउने र नपाउने भन्ने बिषयमा चासो देखाएर नियम बनाउन लागेको छ । बैंक लकरमा ग्राहकले के र कस्ता वस्तु राख्न पाउने भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा ग्राहकले सो सुविधाको दुरुपयोग गरी गैरकानुनी वस्तु र हातहतियारसमेत राख्ने गरेको भेटिएपछि कानुनी व्यवस्था गरेर नियमन गर्न लागिएको छ ।

कानुनतः बोक्न, ओसारपसार गर्न र प्रयोग गर्न कानुनले बर्जित गरेका बस्तुहरु लकरमा पनि राख्न नपाइने गरी स्पष्ट गरिने भएको छ । लकर लिनेहरुले त्यसमा नगद, सुन, हिरालगायतका गरगहना र बहुमल्य बस्तुहरु राख्दै आएका थिए । बैंकहरुले निश्चित रकम लिएर ग्राहकहरुलाई लकर सेवा प्रदान गर्दै आएका छन् । सो लकरको साँचो ग्राहकसँग मात्र हुने र चौबिसैघण्टा बैंकका सुरक्षा गार्डको निगरानीमा गर्दछ ।

प्रकाशित : ७ चैत्र २०७२, आईतवार ०५:२८