महासंघको अध्यक्षबाट पाण्डे पदमुक्त,असार १८ गते निर्वाचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महासंघको अध्यक्षबाट पाण्डे पदमुक्त,असार १८ गते निर्वाचन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निलम्बित अध्यक्ष प्रदिपजंग पाण्डे औपचारिकरुपमा पदमुक्त भएका छन । बुधबार बसेको महासंघको कार्यसमितिको बैठकले पाण्डेलाई हटाउने निर्णय अनुमोदन गरेको हो ।

झन्डै ३५ वर्षअघिको भ्रष्टाचारको मुद्दामा तीन महिनाअघि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि महासंघले उनलाई प्रष्टिकरण सोधेको र चित्तबुझ्दो जवाफ नआएकाले बुधबार पदबाट बर्खास्त गरिएको कार्यकारिणी सदस्य अञ्जन श्रेष्ठले जानकारी दिए ।

पान्डेको मुद्दामाथि सर्वोच्चले अन्तिम फैसला गर्न भने बाँकी नै छ । महासंघको बुधबारको बैठकले नयाँ कार्यसमिति चयनका लागि असार १८ गते निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७२, बुधबार १५:३९