अहिले निर्जीवन बीमा कम्पनीमा प्रिमियम कम, रिस्क हाइ छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

अहिले निर्जीवन बीमा कम्पनीमा प्रिमियम कम, रिस्क हाइ छ



निर्जीवन बीमा क्षेत्रमा ४० वर्ष भन्दा लामो समय देखि कार्यरत छन् एस.के. तमोट । उनले भारतीय कम्पनी नेसनल इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर प्रारम्भ गरेका थिए । हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स आदिमा काम गरेको उनको लामो अनुभव छ । हाल उनी जनरल इन्स्योरेन्स कम्पनी नेपालको महाप्रवन्धक पदमा कार्यरत छन् । बीमा बजारको अहिलेको अवस्थ र चुनौतीको विषयमा केन्द्रित रहि अर्थबजार डटकमका डिल्ली सापकाेटाले गरेको तमोटसंग गरेको कुराकानी ः

एस.के. तमोट , महाप्रवन्धक , जनरल इन्स्योरेन्स कम्पनी नेपाल

निर्जिवन बीमा क्षेत्र अहिले कस्तो अवस्थामा छ ?


समग्रमा बीमा क्षेत्रको अवस्था भने बाहिर मानिसहरुले हल्ला गरेको जस्तो छैन । निर्जिवन बीमाको क्षेत्रको विजनेस ग्रोथ भएको छ । नयाँ कम्पनी थपिएपछि बजारमा प्रतिस्पर्धा बढ्दै गएको छ ।

निर्जीवन बिमा गर्ने करिव दुई दर्जन कम्पनीहरु क्रियाशील भएको अवस्थामा बजारमा प्रतिस्पर्धाको अवस्था कस्तो छ ?


हो, हाल यो क्षेत्रमा कार्यरत २० वटा इन्स्योरेन्स कम्पनीहरु छन् । निश्चित रुपमा यो क्षेत्रमा प्रतिस्पर्धा छ नै । तर पनि यो क्षेत्रमा पनि जनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्ने भएकाले हामीलाई सहज भएको छ । म र मेरो टिममा कार्यरत सबै बीमा क्षेत्रमा पहिले देखि नै क्रियाशील कर्मचारीका कारण पनि हामीलाई प्रतिस्पर्धामा उत्रिन सजिलो भएको छ । निर्जिवन कम्पनीमा प्रतिस्पर्धा नै मुख्य चुनौति भएको छ । पहिलेको भन्दा रिस्क हाइ भएर गएको छ । प्रिमियम कम, रिस्क हाइ छ ।


भुकम्पपछि निर्जिवन बीमामा आकर्षण देखिएको थियो, अहिले चाहिँ यसको अवस्था कस्तो छ ?


भुकम्पछि सुरुको अवस्थामा बिजनेस बढेको हो पछि आएर बिर्से भुकम्प । भुकम्प पछि जुन हिसाबले बजार बढ्छ भनेर हामीले सोचेका थियौ त्यो अनुसार बढेको छैन । भुकम्प आउँदासम्म मानिसमा बीमा गर्नुपर्ने ज्ञान थियो । तर पछि विस्तारै यो विर्सँदै गएका छन् । हो, यही समस्या देखिएको छ ।

निर्जिवन कम्पनीहरुमा मर्जरको सम्भावना कति छ ?


पहिले २५ करोडको सम्पती थियो अहिले एक अर्बको पुगेको छ । जो यो पुँजी पुर्याउन र प्रतिपर्धामा पुग्न सक्नुभएको छैन, मर्जर उहाँहरुको लागि प्रभावकारी छ । सबैलाई मर्जरमा नै जानु पर्ने बाध्यकारी छैन ।


निर्जिवन बीमाका समस्या के के छन् ?


समस्या भनेको बजार हो । सहरमा बिजनेस छ । तर गाउँमा बिजनेस कम छ । हामी नयाँ कम्पनी भए पनि बजार खोज्दै गाउँमा पुगेका छौँ ।


कम्पनीहरु बढ्ने, तर क्षेत्र साँघुरिने गर्दा पनि समस्या भएको होला ?


होइन, नयाँ कम्पनी आउदा बजार पनि नयाँ क्षेत्रका लागि खोजी भइरहेको हुन्छ । नेपालका धेरै स्थानमा बीमा कम्पनीको पहुँच पुग्न सकेको छैन । ती क्षेत्रमा समेत बीमा बजार बढेको छ ।


जनरल इन्सुरेन्सको वर्तमान अवस्था कस्तो छ ?


गत बर्ष हामीले करिब करिब ३३ देखि ३४ करोडको बिजनेस गरेका थियौँ । अहिले सम्म १९ देखि २० करोडको हाराहारीमा पुगेको छ । अहिले हामीले ७५ देखि ८० करोडको तार्केड दिएर काम गरि रहेका छौँ । सबैको सहयोग भयो भने हामीले सोचेको योजनामा पुग्न सक्षम हुने छौँ ।


कम्पनीका नयाँ योजनाहरु के छन् ?


बजार त हामीले आफै खोज्ने हो । नयाँ क्षेत्रहरु आउने क्रम कम छ । आफुले चिनजानको आधारमा पुराना बिजनेस हामीलाई दिनुपरो भन्ने हो । अहिले भएका हाम्रा योजनाहरुलाई क्रमश पुरा गर्दै लैजाने हो ।


तपाईहरुले दाबी भुक्तानी छिटो गर्नु हुन्न भन्ने आरोप पनि छ नि ?


यो पटक पटक हामी जस्ता कम्पनीहरुलाई गरिने मुल प्रश्न नै यही हो । हामीले सेवा दिइ सके पछि छिटो र सहज तरिकाले नै काम सम्पन्न होस भन्छौँ । त्यही अनुसार काम पनि गरेका छौँ । कागज पत्र पुगेकाको समयमा नै काम भएको छ । कागज नै नपुग भएकाको ढिला हुने र रोकिने हो ।

प्रकाशित : ९ मंसिर २०७६, सोमबार ०९:३१