नेपाल-चीनबीच वित्तीय सुपरिवेक्षकीय सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल-चीनबीच वित्तीय सुपरिवेक्षकीय सम्झौता



काठमाडौं । नेपाल र चीनबीच केन्द्रीय बैंकको सुपरिवेक्षकीय अनुभव तथा प्रविधि आदनप्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । आज विहान भएको उक्त सम्झौता पश्चात नेपालको केन्द्रिय बैंकले चीनबाट वित्तिय संस्थाको सुपरिवक्षेण सहयोग प्राप्त गर्नेछ । त्यस्तै सम्झौता पश्चात एक अर्काको देशमा शाखा खोल्ने बाटो पनि खुल्ला भएको छ । सहमित लगत्तै गभर्नर नेपालले बिजमाण्डूसँग भने- मूख्यतया चार बुँदे सहमति दुई निकायबीच भएको छ ।

१. सुपरभाइजरी सुचना आदनप्रदान
२. अनसाइट सुपरिवेक्षण
३. संकट (क्राइसिस) व्यवस्थापन
४. गोपनियता कायम

सम्झौतासँगै दुबै देशका सुपरवेक्षकहरुले एक अर्का देशको बैंकको बारेमा सुचना आदन प्रदान गर्न सक्छन् । यस्तो सम्झौता गत सेप्टेम्बरमा पहिलो पटक भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) सँग भएको थियो ।

प्रकाशित : ८ चैत्र २०७२, सोमबार १६:३०