नेपाल बैंकले २४ प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बैंकले २४ प्रतिशत हकप्रद दिने



839590702_1458714960काठमाडौँ । नेपाल बैंक लिमिटेडले करिब २४ प्रतिशत हकप्रद सेयर दिने भएको छ । चैत्र ६ गते बसेको बैंक संचालक समितिको बैठकले २३.७४३ प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव गरेको छ ।

सरकारको धेरै शेयर स्वामित्व रहेको नेपाल बैकले प्रस्ताव गरेको हकप्रद राष्ट्र बैंक र नेपाल सरकार अर्थमन्त्रालयको स्विकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि बिक्री खुला गर्ने भएको छ । ६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित हकप्रद पारित भएमा चुक्तापूँँजी ८ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।

यस्तो छ बैंकको वित्तिय अवस्था

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ४ करोड ८१ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा २ दशमलव ७० गुणाले वृद्धि भएको हो । बैंकले गत वर्षको सोहि अवधिमा ३८ करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत वर्षको तुलनामा १५ दशमलव ८० प्रतिशतले वृद्धि गरी ८० अर्ब २२ करोड ८ लाख रुपैयाँ संकलन गरेकोे छ भने गत बर्ष सोहि अवधिमा ६९ अर्ब २७ करोड १२ लाख रुपैयाँ निक्षेप गरेको थियो । त्यस्तै कर्जा तर्फ २२ दशमलव ५१ प्रतिशतले बढाएर ५५ अर्ब १३ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ भने गत बर्ष सोहि अवधिमा ४५ अर्ब १४ लाख रुपैयाँ पुर्याएको थियो । खुद व्याज आम्दानी ३० दशमलव ५६ प्रतिशतले र सञ्चालन मुनाफा ४ गुणाले वृद्धि गरी खुद व्याज आम्दानी १ अर्ब ८१ करोड ३ लाख रुपैयाँ संचालन मुनाफा ६४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले खुद व्याज आम्दानी तथा संचालन मुनाफा दुबै बढेको हुदा खुद मुनाफा पनि बढेको हो । बैंकले १७ करोड ५२ लाख रुपैयाँ प्रोभिजन राखिएको छ भने ४६ करोड १९ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

प्रकाशित : १० चैत्र २०७२, बुधबार ०९:३४