जनप्रतिनिधीले राज्य कोषबाट तलब खाएर सहकारीको पदाधिकारी बस्न सुहाएन ( सहकारी विभागका रजिष्ट्रारको विचार) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जनप्रतिनिधीले राज्य कोषबाट तलब खाएर सहकारीको पदाधिकारी बस्न सुहाएन ( सहकारी विभागका रजिष्ट्रारको विचार)



डा. टोकराज पाण्डे

सहकारी क्षेत्रमा हामीले दोहोरो सदस्यता अन्तयको कुरा गरेका छाैँ । सहकारीलाई मर्यादित सम्मानित र प्रणाली गत बनाउने हो भने, अब हामीले दोहोरो सदस्यता अन्तय गर्नु पर्छ । त्यसका लागि यहाँहरु(सहकारी अभियान्ता)ले आँट गर्नुपर्छ ।

दोस्रो बिषय भनेको पद हो । हामी पद गुमाउनु जिवन गुमाउनु बराबर ठान्छाैँ । अब पदमा बस्ने पदाधिकारीहरुले बाचुन्जेल त्यही कुर्सीमा बसेर मृत्यु वरण गर्नुपर्छ बिषयबाट उन्मुक्ती हुनै पर्छ । यसकालागि तपाई हामी कठाेर हुनै पर्छ ।

सहकारी नियमावलीले यही कुरा प्रस्ट पारेको छ । अहिले पनि कतिपयलाई लाग्न सक्छ कहि अडिन पो सकिन्छ की ? कृपया यो बिषयमा अब प्रस्ट हुनुस् । सहकारी एेनले सार्वजनिक अहोदामा रहेका व्यक्तीहरु सहकारीको कुनै पनि पदाधिकारी बस्न नपाउने ब्यवस्था गरेको छ । माननिय ज्यु यहाँले बनाएको कानुन कार्यन्वयनको चरणामा छाैँ ।

यसमा अप्ठ्यारो भए माननिय ज्यूहरुले शंसोधन गर्नु पर्छ । हाेइन भने कानुनले जुन स्पष्ट पारेको छ त्यसको परिपालना गर्नै पर्छ । राज्य कोषबाट तलब खाने निजामती कर्मचारी होस वा जनप्रतिनिधी नै यो बिषयमा कठोर हुनै पर्छ ।

(राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको भुक्तानी आदेश पुर्जा फछ्याैट सम्बन्धी बिषयक गोष्ठीमा सहकारी विभागका रजिष्ट्रार पाण्डेले व्यक्त गरेको विचारको अंश )

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार ०८:४०