धादिङको घाटेबेंसीमा १२ करोड लगानीमा एक रिसोर्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धादिङको घाटेबेंसीमा १२ करोड लगानीमा एक रिसोर्ट



काठमाडौ । राजधानी मित्रिने र बाहिरिने आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी धादिङको घाटेबेंसीमा १२ करोड लगानीमा एक रिसोर्ट सञ्चालनमा आएको छ । धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रभात किरण सुवेदीसहितका ६ जना स्थानीयको लगानीमा ‘गाल्डेनबीच रिसोर्ट प्रालि’ सञ्चालनमा ल्याइएको हो ।

754757270_1458802482

फागुपूर्णिमा पर्वको अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले रिसोर्ट उद्घाटन गरे । काठमाडौंबाट ६० किलो मिटर पश्चिममा गर्ने उक्त रिसोर्टले आन्तरिक तथा वाह्य पर्यटक जिल्ला पर्यटक जिल्ला भित्रयाउन सहयोगी हुने विश्वास प्रमुख जिल्ला अधिकारी सुवेदी व्यक्त गरे ।

धादिङ जिल्ला राजधानी र देशका विभिन्न जिल्ला तथा सहरलाई जोड्ने जिल्ला भएका कारण पनि पर्यटकलाई लक्षित गरी होटल तथा रिसोर्ट आवश्यक भएको र पछिल्लो खोल्ने क्रम बढेकाले जिल्लामा पर्यटक भित्रयाउन सहज भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ ढुवानीले बताए । रिसोर्टमा अत्याधिक सुविधासहितको ८ वटा रुम र ५० भन्दा बढ िटेन्ट सञ्चालनमा ल्याएको छ । नेपालकै पहिलो वाटरपार्कलाई पुन ः सञ्चालनमा ल्याएको छ । पीडा गाविस द्द घाटबेंसीस्थित वाटर किङडमको स्वामित्वमा रहेको वाटरपार्कसहित १० रोपनी जग्गा १० करोडमा खरिद गरी ८ वटा नयाँ रुम निर्माण तथा वाटरपार्कमर्मत गर्दा २ करोड खर्च भएको गोल्डेन बिचका अध्यक्ष प्रभात किरण सुवेदी बताए ।

रिसोर्टमा सुवेदीको ४० प्रतिशत, उनका २ भाई रामचन्द«सुवेदी र गौतम सुवेदीसहित सन्तोष घिमिरे, अजुर्न श्रेष्ठ र दीपक सेढाईका ६० प्रतिशत लगानी छ । रिसोर्टमा निकट भविष्यमै अत्याधुनिक सुविधासम्पन्न सहितको कन्फेन्स हल र २४ वटा बेड रुम निमार्ण गर्ने योजना रहेको सुवेदीले बताए । त्रिशुली नदीमा जलयात्रा, वाटरपार्कमा स्वीमिङ र मनोरन्जनात्मक कार्यक्रम रिसोर्टको मुख्य प्याकेट राखिएको छ ।

रिसोर्टको शुभारम्भमा राष्ट्रिय कलाकारको प्रस्तुति हेर्न र स्वीमिङ गर्न ३ सय भन्दा बढी जनाले छ सय रुपैयाँ दरको टिकट लिएर प्रवेश गरेका थिए ।

प्रकाशित : ११ चैत्र २०७२, बिहीबार ०७:१८