होस गर्नुस- यसरी हुन्छ अनलाइनबाट ठगी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

होस गर्नुस- यसरी हुन्छ अनलाइनबाट ठगी



काठमाडाै । पछिल्लो समयमा अनलाइन मार्फत विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने लत नै बसेको छ । अहिलेको युग डिजिटल युग हो ।

यही कारणले पनि आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ । विज्ञानले दिएको यो बरदान होस नपुर्याउदा अभिषाप पनि बन्दै गएको छ । हो तपाईले कुनै कुरा नुबझिकन झट्ट बिश्वाष गर्दा ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ ।

प्रहरीले अनलाइनबाट ८ लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई पक्राउ गरेका छ । सामाजिक संजाल Whatsappमा भारतीय मोवाईल नं. बाट अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी श्रृंगारका लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गरेको खुल्न आएको छ ।

घटनामा संलग्नलाई मंसिर १६ गते सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न.पा. १० स्थायी घर भएका हाल कौशलटार बस्ने २२ वर्षीय अमिर थापा र भक्तपुर कमविनायकका २४ वर्षीय अमन अवाल रहेका छन् ।

अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगी भएको हो । महानगरीय अपराध महाशाखा टेकुमा आवश्यक समन्वय गर्न र गराउन सम्बन्धित सबैलाई अपिल गरिएको छ ।

साथै सोही प्रकृतिका घटनाहरु पुन दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग र सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरिएको छ ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १६:५०