साझा यातायातले थप ३० वटा बस संचालनमा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साझा यातायातले थप ३० वटा बस संचालनमा ल्याउने



काठमाडौं । साझा यातायातले थप ३० वटा बस संचालनमा ल्याउने भएको छ । साझाले काठमाडौं उपत्यकामा युरो ३ मापदण्डका अपांगमैत्री बस संचालनमा ल्याउन लागेको हो । हाल साझाले १६ वटा बस संचालन गर्दै आएको छ ।

हाल साझाले टाटा मोटरको बस संचानल गर्दै आएकोमा आगामी दिनमा अशोक लेल्याण्ड कम्पनीको बस खरिद गर्ने भएको छ । बस खरिदका लागि साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षित र अशोक लेल्याण्डका गौरव कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझाले खरिद गर्न लागेको नयाँ बसमा काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ लगानी छ । साझाले दुईवटा ढोका हुने अपांगमैत्री बस ल्याउने भएको छ । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै चढ्न सक्नेछन् ।

साझाले ल्याउन लागेको बसमा ४० सिट हुने छ भने २५ वटा ह्यांगर राखिने छ । बसमा टिभी समेत राखिने छ । साथै, नयाँ ल्याइने बसमा सुरक्षाका लागि सीसी क्यामारा समेत राखिने छ ।

हाल साझाले नयाँ बसपार्क–लगनखेल, नयाँ बसपार्क–त्रिभुवन विमानस्थल र लगनखेल–बुढानिलकण्ठ रुटमा वस संचालन गर्दै आएको छ ।

प्रकाशित : ११ चैत्र २०७२, बिहीबार १६:२३