सूर्योदय र चौतारी लघुवित्तको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्योदय र चौतारी लघुवित्तको मूल्य समायोजन



काठमाडाै । दुई लघुवित्त वित्तीय संस्थाको आइतबार नेप्सेले मूल्य समायोजन गरेको छ । जसमध्ये सूर्योदय लघुवित्तको ४४.४८% बोनस सेयर समायोजित गरिएको छ । समायोजनपछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४८.८७ रुपैयाँ कायम भएको छ । आइतबार सोही मूल्यलाई आधार बनाएर सूर्योदयको सेयर कारोबार खुलेको छ ।

यस्तै, चौतारी लघुवित्तको पनि ७% बोनसमा पनि मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको भाउ ४३३.६४ रुपैयाँ तोकिएको छ । यही मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको कारोबार खुला भएको छ ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार ११:२०