प्राइम कमर्सियल बैंक एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंक घोषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम कमर्सियल बैंक एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंक घोषित



काठमाडौं । प्राइम कमर्सियल बैंकलाई यस वर्षको एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्रदान गरिएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको युरोप विजनेश एसेम्बली (इबिए)ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । बुधबार लण्डनमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई यस वर्षको उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरिएको हो ।

अक्सफोर्ड अन्तर्गत सन् २००० मा स्थापना भएको युरोप बिजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, वैज्ञानिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

प्रकाशित : १४ चैत्र २०७२, आईतवार ०३:३२