नेको इन्स्योरेन्सको १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सको १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित



काठमाडौं । नेको इन्स्योरेन्सको साधारणसभाले वोनस सेयर दिन् प्रस्ताव पारित गर्दै हकप्रद सेयरलाई पनि अनुमोदन गरेको छ ।

सभाले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । सभाले वोनस सेयर वितरणपछि कायम हुने पुँजीमा एक बराबर अर्को एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

साधारणसभाले अर्को भातृ संस्था स्थापना गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ भने यसको अख्तियारी सञ्चालक समितिले पाएको छ ।

एक अर्ब चुक्ता पुँजी पुर्याउने योजनामा लागेको कम्पनीको वोनस र हकप्रदपछि पुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्ने छ । कम्पनीले भूकम्पको दावी संख्याको करिब ८५ प्रतिशत भूक्तानी गरि सकेको छ र बाँकी दावीको व्यवस्था पनि गरि सकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित : १४ चैत्र २०७२, आईतवार ०९:०२