सहकारी दिवसमा यस्ता छन् काठमाडौ जिल्ला सहकारी संघका कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी दिवसमा यस्ता छन् काठमाडौ जिल्ला सहकारी संघका कार्यक्रम



काठमाडौ । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नारासका साथ देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाउन शुरु गरिएको छ ।

dibas
५९ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति काठमाडौंको आयोजनामा आइतबारदेखि साताव्यापी कार्यक्रम शुरु भएको हो । दिवसको अवसरमा जिल्ला समितिले सोमवार मातार्तीथ वृद्वाश्रमा भोजन तथा फलफूल वितरण, मंगलबार अपांग बाल सुधार केन्द्र जोरपाटीमा बाल भोजन तथा फलफूल वितरण, चैत्र १७ गते मातृशक्ती साकोस सिनामंगलमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
त्यस्तै चैत्र १७ गते बुढानिलकण्ठ मन्दिर परिसरमा सरसफाई, पद्मोदय मावि रामशाह पथमा सहकारी शिक्षा तथा स्टेसनरी वितरण तथा सरसफाई, १८ गते निःशसहाय सेवा सदन, शान्तिनगरमा वृद्वाश्रममा भोजन तथा फलफूल वितरण, १९ गते वाकाथून, र चैत्र २० गते बृहत सहकारी ¥याली तथा सभा हुने बताइएको छ ।
दिवसको अवसरमा डिभिजन सहकारी कार्यालयले कृषी, अपांग, महिला, दूग्ध संस्था तथा उत्कृष्ट विषयगत संघलाई पुरस्कार वितरण गर्ने भएको छ ।
दिवसको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  बोल्दै डिभिजन सहकारी कार्यालय प्रमुख नारायणप्रसा अर्यालले सहारीको समस्या तथा विकृति निराकरण गर्न दिवसले सकारात्मक सन्देश दिने बताए । काठमाडौंका सहकारीमा अनुत्पादक क्षेत्रमा लगानी, बिना धितो ऋण प्रवाह, सिद्वान्तभन्दा बाहिर गएर कारोबार गर्ने समस्या देखिएको बताए । सहकारीका समस्या निराकरण गर्न डिभिजन कार्यालय सक्रिय भएको उनको भनाई थियो ।
५९ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति काठमाडौंका संयोजक एव्म जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले दिवसले आम मानिसमा सहकारीबारे सकारात्मक धारणा सिर्र्जित हुने बताए ।
सो अवसरमा दिवस जिल्ला समितिका सदस्य सचिव विक्रम पाण्डेले दिवसले सहकारीमा उर्जा थपिने बताएकाले सहकारीका प्रचारात्मक कार्यक्रम गरिने गरिएको बताए ।

प्रकाशित : १४ चैत्र २०७२, आईतवार १६:४८