नबिल ब्यालेन्स्ड फण्ड–१ को प्रति इकाई खुद मुल्य २० दशमलव ७०प्रति इकाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नबिल ब्यालेन्स्ड फण्ड–१ को प्रति इकाई खुद मुल्य २० दशमलव ७०प्रति इकाई



काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–१ को खुद सम्पतिको मुल्य गत महिनाको अवधि भन्दा शुन्य दशमलव ९५ प्रति इकाई वृद्धि भई २० दशमलव ७० प्रति इकाई रहेको छ । अघिल्लो महिनामा १९ दशमलव ७५ प्रति इकाई रहेको थियो ।

नबिल ब्यालेन्स्ड फण्डले १ अर्ब ६ करोड ७७ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा १ अर्ब ३४ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ११ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ ।

नबिल ब्यालेन्स्ड फण्डको आम्दानी १७ दशमलव ९१ प्रतिशतले बढेर ४९ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो महिनामा ४१ करोड ८६ लाख रुपैयाँ आम्दानी रहेको थियो । त्यस्तै खर्चमा १६ दशमलव ८९ प्रतिशत बढेर २ करोड  ६५ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो महिनामा २ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

सूचिकृत धितोपत्रमा भएको बढी लगानी वाणिज्य बैंकमा माछापुच्छे बैंक लिमिटेडको ३६ हजार ६ सय ८८ वटा कित्ता, डेभलपमेण्ड बैंकमा मुक्तिनाथ डेभलपमेण्ड बैंकको ३० हजार १ सय ३० वटा कित्ता, हाइड्रोपावरमा अपी पावर कम्पनीको २५ हजार कित्ता, इन्स्योरेन्समा एनएलजी इन्स्योरेन्स कम्पनीको २० हजार ३ सय ४९ वटा कित्ता र फाइनान्समा आईएलएफसिओ माइक्रोफाइनान्स कम्पनीको ४ हजार कित्ता रहेका छन् ।

प्रकाशित : १५ चैत्र २०७२, सोमबार ०८:४८