हिमालय एअरलाइन्स्मा भाडभैलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालय एअरलाइन्स्मा भाडभैलो



1913482532_1459154394काठमाडौं । एकजना व्यावसायीले लाज पचाएर ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै रवैया देखाउँदा एक प्रतिष्ठित बैंकर्सले नेतृत्व गरेको व्यवसायी समुह रुष्ट बन्न पुगेको खबर छ । अथक प्रयास र मेहेनतका बाबजुद हालै अन्तर्राष्ट्रिय उडानका लागि ठुलो जहाज नेपाल भित्र्याएको हिमालयन एयरलाइन्समा लगानी गर्ने ठुलो समुह विश्वास गरेको व्यक्तिले घात गरेपछि अहिले रनाहमा मात्र परेको छैन, एयरलाइन्सबाटै आउट हुन पुगेको खबर छ ।

स्रोतका अनुसार, राष्ट्रिय पूँजीपति, प्रतिष्ठित र चर्चित बैंकर्स पृश्वीबहादुर पाण्डेले निकै नै उत्साहका साथ सुरु गरेको  हिमालयन एयरलाइन्समा ५ प्रतिशत मात्र शेयर रहेका आङछिरिङ शेर्पाले नाजायत दाबी गरेपछि पाण्डे समूह हिमायन एयरलाइन्सबाटै बाहिरिने मनस्थितिमा पुगेको हो, स्रोतले भन्यो, ‘शेर्पाको गैरव्यावसायिक हर्कतले गर्दा पृथ्वीबहादुर पाण्डे अध्यक्ष रहेको एचआइएफ इन्भेष्मेण्डमा संलग्न राष्ट्रिय व्यक्तित्वहरु विकास राण, सुमन पाण्डे र महेश्वर श्रेष्ठहरुको समुहले आफुहरु शेर्पाको झुटो जालमा परेर ठगिएको महसुस गरेर अलग हुन बाध्य भएका हुन् ।’ पाण्डे समुह अलग हुँदा आफुहरुले गरेको सम्पूर्ण खर्च र लगानी समेत फिर्ता लिएको बताइन्छ ।

किन बाहिरिए पाण्डे समुह
बैंकर्स पृथ्वीबहादुर पाण्डे समुहले यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पासँग अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको लाइसेन्स भएकाले उसको लाइसेन्स केहि वर्षअघि खरिद गरेको थियो । अन्तराष्ट्रिय उडानका लागि लाइसेन्स लिन गाह्रो भएको शेर्पाको फ्लाइ यति डटकम कम्पनीसँग रहेको लाइसेन्स यो समुहले लियो र हिमालयन एयरलाइन्सको नाममा नामसारी भयो । कागज भने १० प्रतिशत शेयर दिने गरी बनाइएको थियो । साढे दुई अर्बको पूँजी भएको कम्पनीमा कौडीको लगानीबिना ५ प्रतिशत शेयर पाउनु आङछिरिङमा लोभलालचले गर्दा व्यवसायिक धर्म छाडेर आफुलाई पचास प्रतिशत शेयर होलडरकै दाँजोमा हैकम प्रदर्शन गर्न थाले । स्रोत अनुसार, शेर्पाले साँढे २ अर्ब पूँजी रहेको हिमालयन एयरलाइन्समा अनावश्यक हस्तक्षेप र हैकम राख्ने दुष्प्रयास गरेर काममा अवरोध खडा गर्न थालेपछि स्वाभिमानी पाण्डे समुह हिमालयन एयरलाइन्सबाट अलग भएको छ । यो विमान कम्पनीमा तिब्बतीय एयरलाइन्सको ४९ प्रतिशत शेयर रहेको बताइन्छ ।

पृथ्वीबहादुरले नै चढेनन् हिमालय
उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको औपचारिक भ्रमण हुँदा सँगै लगिने परम्परा अनुासर, बैंकर्स पृथ्वीबहादुर पाण्डे पनि चीन भ्रमणमा जाने सुचीमा परे पनि उनि भने अर्कै विमानबाट चीन गएर प्रधानमन्त्री केपी ओलीको भ्रमण दल र व्यापारीहरुको समुह हिमालयन एयरलाइन्सबाट चीन भ्रमणमा गएतापनि पृथ्वीबहादुर पाण्डे लगायत समुह भने थाई एयरको विमानबाट चीन भ्रमण गरेर फर्केको खबर छ । पृथ्वी आफुले रगत पसिना बगाएर संचालनका लागि तयारी गरेको विमानबाट नउडेर थाई एयरलाइन्सबाट चीन उडेका छन् । ‘स्रोतले भन्यो, यसबाट पनि उनीहरुबीच भयंकर टस्सल परेर अलग भएको बुझ्न सकिन्छ ।’ साँघुबाट

प्रकाशित : १५ चैत्र २०७२, सोमबार ०८:५१