किन लुकाइयो इन्धन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किन लुकाइयो इन्धन !



oil nigamकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्किपछि र मधेसवादी दलहरुले पुनः आन्दोलन चर्काउने भन्न थालेपछि हल्लैहल्लामा फेरि एकपटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुन थालेको छ ।

ग्यासको अभाव केही दिन अघिदेखि नै जारी रहेकोमा राजधानीका अधिकांश पेट्रोल पम्पहरुले सोमबार पेट्रोल छैन भन्ने बेहोराका सूचना टाँसेका थिए ।

झन्डै चार महिनासम्म चरम इन्धन अभाव भोगेका सर्वसाधारण जनता पछिल्ला घटनाक्रमले पुनः एकपटक त्रासमा परेको पाइएको छ । यो अवस्थाले गर्दा उनीहरु जसरी हुन्छ इन्धनको जोहो गर्ने ध्याउन्नमा लागेका छन् ।

नाकाबन्दी खुले पनि कुल मागको ७० प्रतिशत इन्धनमात्र भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराइरहेको समयमा नाकाबन्दीको हल्लाले तीन दिनयता थप तेल अभाव भएको छ ।

सर्वसाधारणले आवश्यकताभन्दा बढी तेल जम्मा गर्न थालेको मात्र नभई कालोबजारी गर्ने व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न खोजेको उपभोक्ता अधिकारकर्मी र सरकारी अधिकारीहरुको कथन छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ०५:१६