बजाजको नयाँ शोरुम कैलालीमा शुभराम्भ



काठमाडौ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले अत्तरिया, कैलालीमा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम “रुद्र अटोमोटिभस्” को शुभराम्भ गरेको छ ।


अत्तरिया, कैलालीमा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्नेछ ।


बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।


नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भन्नु भयो, “हामी अत्तरिया, कैलालीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।

कैलालीमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
मासिक १२ सय रुपैयाँमै इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १० वर्ष पुरा गरी ११

३७८ जना नयाँ कोरोना संक्रमित फेला

काठमाडाै । ३७८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नियमित प्रेस

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी

कर तिर्दा कोरोना भाग्छ हो ?

धनगढी । धनगढीको तारानगरस्थित यातायात व्यवस्था कार्यालय शुक्रबार बिहान साढे ९ बजे भरिभराउ