पुनर्निर्माणको कामप्रति पुनर्निर्माण प्राधिकरणका अध्यक्षको असन्तुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनर्निर्माणको कामप्रति पुनर्निर्माण प्राधिकरणका अध्यक्षको असन्तुष्टि



kpकाठमाडौं । भूकम्पको करिब एक वर्ष बितिसक्दा समेत काम नभएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला पुनर्निर्माण प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कामप्रति असन्तुष्ट देखिएका छन् । पुनर्निर्माण प्राधिकरणको परामर्श र निर्देशक दुवै समितिको नतेृत्वकर्ता प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा पुनर्निर्माणको कामप्रति असन्तुष्टि जनाएका हुन् ।

गत माघ २ गतेदेखि पुनर्निर्माण महाअभियान भन्दै कामको सांकेतिक सुरुवात गरिए पनि अधिकांश पीडितको पहिचानसमेत हुन नसक्दा काम अगाडि बढेको छैन । ‘यही गतिले पुनर्निर्माणको काम दशकौंसम्म पनि सकिँदैन । पुनर्निर्माण नगरे हुने ठाउँमा पुगिन्छ,’ भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला र स्थानीय विकास अधिकारीहरुको भेला उदेघाटन गर्दै प्रधानमन्त्रीले भने, ‘किनभने दशकौंसम्म सबै कुरा सकिसक्छ । मर्ने मानिस मरिसक्छ । सिद्धिने मानिस सिद्धिसक्छ । त्यसपछि के अर्थ ?’ उक्त कारणले पुनर्निर्माण नै गर्न नपर्ने स्थानमा पुग्ने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ०५:१९