क्यान इन्फोटेक २०२० फागुन २ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

क्यान इन्फोटेक २०२० फागुन २ देखि



काठमाडाै । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । नेपालको सूचना र प्रविधिबारे प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो, जुन ६ दिन सम्म चल्नेछ । नेपालमा सूचना तथा सञ्चार प्रविधिबारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यक्ता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरीन लागेको बताइएको छ ।

सन् २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश नं.३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनीको आयोजना गरीनेछ ।

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रयोजन प्रभु पे, अफिसियल इन्सुरेन्स­ प्रभु इन्सुरेन्स तथा टिकट पार्टनरमा प्रभु पे, इ पे ले प्रायोजन गर्ने भएका छन् । सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले गरेको छ, भने यशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसीयल प्रायोजन पनि खुल्ला गरीएको छ।

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यक्ता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभुतपूर्व अवसर दिनेछ ।

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहनेछन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज,गेम पार्लर, प्रडक्ट लञ्चिङ रोबोटिक्स, ई–वेस्ट म्यानेज्मेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिधार्थीद्धारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने जनाइएको छ ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, सोलार पावर सिष्टम, इभर्टर, यसपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिनेछन्। त्यस्तै, आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धि सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर,सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीमा रहनेछन् ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १३:३९