प्रिमियर इन्स्योरेन्सको बोनश सेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सको बोनश सेयर पारित



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताब आज सम्पन भएको २२ औं साधारणसभाले पारित गरेको छ । साथै कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ बराबरको एफपिओ पनि जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

३० प्रतिशत बोनस शेयर वितरण गरे पश्चात चुक्तापुँजी ३७ करोड ३७ लाख रुपैयाँ पुग्नेछ भने एफपिओ पश्चात संस्थापक समुहमा हाल रहेको ६० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशत कायम गरि साधारण समुहको ४९ प्रतिशत पुर्याएको छ ।

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद मुनाफामा गत वर्षको अवधि भन्दा ८१ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ४ करोड २ लाख रुपैयाँँ आर्जन कमाएको छ भने गत वर्ष सोहि अवधिमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।

कम्पनीको आम्दानीमा गत वर्षको सोहि अवधिको तुलना भन्दा ७६ दशमलव ३१ प्रतिशतले बढेर ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ र खर्चमा ८० प्रतिशतले बढेर २ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १७ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी (खुद) ५ करोड ३३ लाख रुपैयाँ बराबरको रहेको छ । कम्पनीले यस अबधिमा ४० हजार ७ सय ९० वटा बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको भन्दा बढी हो । कम्पनीले यस अबधीमा १ हजार ५ सय ७ वटा भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १३ दशमलब ९९ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ९ दशमलव ६८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६८ दशमलब ६० गुणा रहेको छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार १२:०२