गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरणपश्चात कायम चुक्तापूँजीको दुई बराबर एक हकप्रद निष्काशन गर्ने भएको हो । फाइनान्सले हकप्रद प्रस्ताव पारितका लागि वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सले करिब १५ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गरे पश्चात कम्पनीको चुक्तापूँजी करीब ४५ करोडको पुग्नेछ ।

गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले गतबर्षको मुनाफबाबाट आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको बोनश शेयर वितरणपश्चात २९ करोड ३७ लाख चुक्ताँपूँजी पुगेको छ । २९ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी भएको गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ जुन गत वर्षको सोहि अवधिमा शुन्य दशमलव ९१ प्रतिशतले वृद्धि हो । गत वर्षको सोहि अवधिमा २ करोड १८ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

कम्पनीले गत वर्षको सोहि अवधिको तुलनामा २७ दशमलव ५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । कर्जामा ६१ दशमलव १३ प्रतिशत वृद्धि गरी १ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहि अवधिमा ८९ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद व्याज आम्दानीमा ५९ दशमलव १४ प्रतिशतले वृद्धि गरी ३ करोड १७ लाख रुपैयाँ पुगेको छ । संचालक मुनाफा ७३ दशमलव ८७ प्रतिशत वृद्धि गरी २ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले जोखिम युत्त सम्पत्ति २१ दशमलव ७६ प्रतिशत र निष्कृय कर्जा २ दशमलव २९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १४ दशमलव ९८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १२ दशमलव ४८ गुणा रहेको छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार १२:०४