सामसुङ डिजिटल प्लाजा अब महेन्द्रपुलमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामसुङ डिजिटल प्लाजा अब महेन्द्रपुलमा



काठमाडौं  । सामसुङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसुङ डिजिटल प्लाजालाई अझ स्तरिय तथा बढी सुविधा सम्पन्न बनाई महेन्द्रपुल पोखरामा गत आइतबादेखि सुरु गरेको छ । हिम इलेक्ट्रोनिक्सका अध्यक्ष सिमा गोल्छाले एक कार्यक्रमका बीच उक्त शोरुमको उद्घाटन गरेका थिए ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा खोलिएको जनाएको छ ।

सामसुङ डिजिटल प्लाजामा सामसुङका विश्वस्तरिय उत्पादनहरु एलइडी टीभी, मोनिटर, प्रिन्टर, मोबाइल, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, वासिङ मेशिन र माइक्रोवेभ ओभन लगाएतका सामसुङका सामानहरु उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्ल्ेख छ ।

 काडमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसङ प्लाजा खुुलि सकेको छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ११:०६