नेप्सेमा सुधार, ३० अंकको बृद्धि, २० करोड रुपैयाँको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा सुधार, ३० अंकको बृद्धि, २० करोड रुपैयाँको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उल्लेख्य सुधार आएको छ । बजार खुलेको केही समय स्थिर रहेर उकालो लागेको बजारमा उन्तमा २९ दशमलव ९८ अंकले बढेको छ । आइतबार नेप्से परिसुचक ८ सय ७१ दशमलव ९४ अंकमा पुगेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक १ सय १९ दशमलव १५ अंकले बढेको छ । यस्तै, बीमा समुहको परिसुचक पनि ६६ अंकले बढेको छ ।

बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि उच्च रुपमा बढेको छ । सो समुहको परिसुचक ३९ दशमलव ६९ अंकले बढेको छ । यी ३ वटैसमुहका परिसुचक गत हप्ता ओरालो लागेको थियो । यस्तै, बजारमा उत्पादनमुलक र अन्य समुहको परिसुचक पनि उकालो लागेको छ । बजारमा फाइनान्स र विकास बैंक समुह भने सामान्य ओरालो लागेको छ ।

बजारमा दिनभर २० करोड रुपैयाँ बराबरको ४ लाख ४९ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७२, आईतवार १०:२३