ज्योति विकास बैंकको नाफा ५४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको नाफा ५४ प्रतिशतले बढ्यो



काठमाडौं। ज्योति विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि गरेको छ। बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो। बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि बृद्धि भएको जनाएको छ।

गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले बृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ । गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ। बैंकको मंगलबार बसेको साधारणसभाले आफ्ना सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ।

प्रकाशित : २९ पुष २०७६, मंगलवार १६:४४