डा. रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डा. रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते



Ramsharan-Mahatकाठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते भएका छन् ।

बुधबार दिउँसो लडेर घाइते भएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

भर्‍याङबाट चिप्लिएर लडेका डा. महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रियागरिने डा. महतका सहयोगी रमेश महतले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्रान्डी अस्पताल पुगी डा. महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार ०९:१२