वित्त र प्रविधिको सहकार्यबाट मात्र मुलुकको विकास: प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वित्त र प्रविधिको सहकार्यबाट मात्र मुलुकको विकास: प्रधानमन्त्री



kpकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्थिक विकासका कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

विहीबार राजधानीमा सहकारी व्यवस्थापकहरुको राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले अब मुलुकलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुपर्ने बताए ।

वित्त र प्रविधिको सहकार्यबाट मात्र मुलुकको विकास सम्भव हुने भन्दै उनलेसरकारले विकासका कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

राष्ट्र निमार्णमा सहकारीले आफ्नो उत्तरदायित्व पूरा गरेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई ग्रामीणमुखी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा, उपप्रधान एंव सहकारी तथा गरिबीनिवारणमन्त्री चित्रबहादुर केसीले मुलुकको आर्थिक क्षेत्रको मेरुदन्डकोरुपमा रहेको सहकारीको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।

उनले सहकारीकै माध्यबाट आर्थिक क्षेत्रका गतिविधि जनताको पहुँचसम्म पुर्‍याउनुपर्ने भन्दै यसका लागि सबै सहकारीले साझा धारणा बनाउनुपर्ने बताए ।

गोष्ठीमा देशभरबाट सहकारीका प्रतिनिधि सहभागी छन् । गोष्ठी दुई दिनसम्म चल्ने छ ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार ०९:१६