अब दुध एटिएमबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब दुध एटिएमबाट



111111111111_1455274842यदि तपाईलाई कसैले दूध कहाँबाट आउछ भनेर प्रश्न सोध्दा आमाबाट, गाईको थु्नबाट उत्तर दिनुहुन्छ होला र अहिले चलनचल्तीमा शहरिया केटाकेटीले उत्तर दिने भाषा पसलको पोकाबाट। तर अब त्यो भन्दा पनि विल्कुलै फरक उत्तर भएको छ, दूधको उत्तर एटिएम मेसिनबाट।

किनकी भारतीय दूध कम्पनी अमुलले दूधलाई एटिएमबाट पनि खरिद विक्रिका लागि औपचारिक रुपमा पहिलो पटक दुध आउने एटिएम मेसिन सार्वजनिक गरेको छ। अमुलले भारतको गुजरातमा अमुल डायरि गेटमा एटिएमबाट दुध आउने मेसिनको पहिलो पटक सुरुवात गरेको हो।

अमुलले एटिएमबाट दूध आउने उक्त भेन्डिङ मेसिनलाई जडान गरि विक्रिवितरणका लागि समेत खुल्ला गरिसकेको स्रोतले जनाएको छ। एटिमबाटै दूध आउने उक्त भेन्डर मेसिनको नाम ‘एनि टाइम मिल्क’ राखिएको छ।

उक्त मेसिनले एक पटकमा ३०० सय मिलिलिटरको १५० वटा पचेज भण्डार गर्न सक्ने क्षमता राख्दछ। मेसिबाट आउने प्रत्येक १ पजेको भारतीय रुपैया १० तोकिएको छ। भारतको पहिलो पटक अमुलले आफ्नो दुध डेरिलाई एटिएम मार्फत आउने बनाएपछि त्यहाँका जनताहरुले अब एटिएमबाटै दूध किनबेच गर्न थालेका छन।

अमुल डेरी गुजरातका प्रबन्ध निर्देशक राहुल कुमारका अनुसार यो अवधारणा भारतमा पहिलो पटक औपचारिक रुपमा ल्याइएको हो। उहाँका अनुसार तपाईले किन्न वा लिन चाहेकै परिमाणमा एटिएमबाटै दूध आउने र त्यही अनुसारको पैसा अटोमेटिक रुपमा काटिने छ।

एटिएममा राखिएको दूध ४ डिग्री सेन्टिग्रेडमा राखिएको हुन्छ। यसका साथै यो दुध आउने एटिम मेसिनले मानिसको दैनिक कार्यलाई सहज बनाउन थप मद्दत गर्ने कम्पनीले दाबी गरेको छ।

कम्पनीका अनुसार यो मेसिनले बाटोमा हिड्ने पर्यटक र विशेष गरी कन्स्ट्रक्सनमा काम गर्ने कामदारहरु जो अबेर रातिसम्म काम गरेर घर फिर्किरहेका हुन्छन उनीहरुलाई बढी उपयोगी हुने बताइएको छ।

कामदार वा पर्यटकले आफुले चाहेको जुनसुकै समयमा दूध किन्न सक्नेछन। यसका लागि ‘एनि टाइम मिल्क मेसिन’ २४ घण्टा खुल्ला खा राखिनेछ। अमूलले यो मेसिन जडान गरिएसँगै भारतमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको लागि रोजगारीको सृजना हने कम्पनीले दाबी गरेको छ।

जडान गरिएको उक्त मेसिनलाई फरक क्षमता भएका व्यक्तिहरुले व्यवस्थापन गर्ने छन र उनीहरुका लागि धेरै सहजता हुने अमूलले दाबी गरेको छ। प्रबन्ध निर्देशक राहुल भन्छन, ‘हामीले फरक क्षमता एका व्यक्तिहरुका लागि रोजगारीको सृजना गरेका छौ, ‘यसले उनीहरुको दैनिक जीवनमा ठुलो परिवर्तन आउनेछ’ यसका साथै अब भारतका अन्य ५ स्थानमा एटिएमबाटै दुध आउने ‘एनि टाइम मिल्क मेसिन’ स्थापना गरिनेछ।

‘एनि टाइम मिल्क मेसिन’ लाई रेल्वे स्टेशन, बस स्टेशन र शहरमा रहेको विद्यार्थी बस्ने होस्टेल नजिकमा स्थापना गरिने कम्पनीले जनाएको छ। यसैगरी एटिएमबाटै दुध आउने ‘एनि टाइम मिल्क मेसिन’ गाउँमा पनि स्थापना गर्ने अमूलले जनाएको छ।

‘एनि टाइम मिल्क मेसिन’ स्थापना गरेसँगै अमूलले चौतर्फी रुपमा राम्रो प्रतिक्रिया आएको बताएको छ। करीब २०० पचेज दूध भण्डारण गर्ने क्षमता रहेको उक्त मेसिनले मध्यराती १२ बजे देखि विहानीको समयसम्म समेत पुग्ने दाबी गरेको छ।

यो सँगै अस्पतालमा–एनि टाइम मिल्क पनि ग्राहकले प्रत्येक घण्टामा आफूलाई दूध उपलब्ध भएर सहजता महसुस गर्नेछ।

भारतीय अनलाइन इकोनोमिक्स टाइम्सबाट

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार १६:१३