क्यापिटल मर्चेन्ट फाइनान्सको ऋण डुबाउने मराठा प्रहरीको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्यापिटल मर्चेन्ट फाइनान्सको ऋण डुबाउने मराठा प्रहरीको फन्दामा



312x236xmaratha.JPG.pagespeed.ic.-CoW3mOOChकाठमाडौं । बैंकिङ कसुरको अभियोग पुष्टीपछि फरार रहेका अरुणकुमार मराठालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यापिटल मर्चेन्ट बैंकिङ्ग एबं फिनान्स कम्पनी लिमिटेडको ऋण दुरुपयोग गरेको पुष्टी भएपछि पुनरावेदन अदालत पाटनले उनलाई १३ करोड ३० लाख जरिवाना र ६ बर्ष कैदको फैसला गरेको थियो ।

अदालतको फैसलाअघि नै उनी फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मराठालाई पक्राउ गरेको हो ।

मराठाले क्यापिटल मर्चेन्टबाट सफल उपत्यका आवास बिकास कम्पनीको नाममा ७ करोड र सफल पब्लिक ईन्भेष्टमेन्ट कम्पनीको नाममा ६ करोड ३० लाख कर्जा लिई रकम दूरुपयोग गरेका थिए ।

प्रकाशित : १७ जेष्ठ २०७२, आईतवार १०:२२