संयुक्त विद्यार्थीद्धारा आन्दोलनकाे घोषणा,कालोबजारी विरुद्ध विद्यार्थी एक जुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संयुक्त विद्यार्थीद्धारा आन्दोलनकाे घोषणा,कालोबजारी विरुद्ध विद्यार्थी एक जुट



Sfudent_Mmovement_1459439418काठमाडैा । देशमा बढ्दै गएको कालोबजारी, महँगी र भ्रष्टाचार विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

१९ गते शुक्रबार र २१ गते आइतबारका दिन उनीहरुले राजधानीदेखि देशैभर सशक्त प्रदर्शन गरी सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने आन्दोलनको तयारी गरेको नेविसंघका नेता युपी लामिछानेले निर्माण सञ्चारलाई जानकारी दिए । संयुक्त विद्यार्थी आन्दोलनले तयार गरेको कार्यक्रम अनुसार १९ गते दिनको ३ः०० बजे आरआर क्याम्पस प्रदर्शनीमार्गबाट राजधानी केन्द्रित प्रदर्शनी गर्ने तयारी गरेको छ ।
सदरमुकाम केन्द्रित प्रदर्शनी

त्यस्तै संयुक्त विद्यार्थी आन्दोलनले २१ गते आइतबार भने देशैभरका सदरमुकाम केन्द्रित आन्दोलन गर्ने भएको छ । यी दुई कार्यक्रमको नतिजा मूख्यांकन गरी बाँकी संघर्षका आवश्यक चरणहरु २१ गते आइतबारै तय गरिने अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार १६:२०