यि हुन २३ करोड ७२ लाख क्वाप्प पार्ने नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यि हुन २३ करोड ७२ लाख क्वाप्प पार्ने नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष



जजकाठमाडाै । नारायणी डेभलपमेन्ट बैंकको २३ करोड ७२ लाख रुपैयाँ हिनामिना गर्ने सोही बैकका अध्यक्ष उत्तमप्रसाद द्धालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको  छ ।

उनले विभिन्न डमी ऋणस् तथा आफन्तलाई अनियमित तरिकाले कमशल धितो राखी बढी रकम ऋण दिएको आरोप छ। एनले बैंकलाई २३ करोड ७२ लाख २६ हजार २६ हजार ७ सय ४४ रुपैयाँ हानी नोक्सानी पुर्याएको सिआइबीले जनाएको छ । बैंकका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

बेपत्ता भएतापनि उनी व्यवहारमा निज सोही बैंकको अध्यक्षको हैसियतले लुकिछिपी काम गर्दै आएका थिए ।

संयोगको कुरा, नेपाल राष्ट्र बैंक, समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले आज आयोजना गरेको “रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय” सम्बन्धि एकदिवशीय गोष्ठीमा भाग लिन फरार अभियुक्त उत्तम प्रसाद द्वा सोही नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षको हैसियतबाट सो गोष्ठीमा भाग लिएको सिआइबीले जनाएको छ।

गोष्ठी पश्चात् उनलाई नेपाल राष्ट्र बैंक, थापाथली परिसरबाट बाहिर निस्कने क्रममा यस ब्यूरोको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।  द्वा केमिड्रग ईण्डष्ट्रिज प्रालि थानकोटका वर्तमान प्रबन्ध निर्देशक समेत हुन ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार १६:५९