लियोनार्दाे कसरी बने अनाथालयबाट कम्पनीका मालिक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लियोनार्दाे कसरी बने अनाथालयबाट कम्पनीका मालिक ?



Leonardo_1451130126लियोनार्दो डेल भिक्चियो एक संघर्षशील र लगनशील इटालेली उद्यमी हुन् । उनको बाल्यकाल एउटा अनाथालयमा बितेको थियो । उनी जन्मेको पाँच महिनामै उनका बुबाको असामयिक निधन भयो ।

परिवार विपन्न थियो, अमाले ज्यालामजदुरी गरेपछि बल्ल परिवारका सदस्यको मुखमा माड पथ्र्यो । भर्खरै हुर्कंदै गरेको बच्चालाई घरमै छाडेर काममा जानुपथ्र्यो उनकी आमालाई ।

 

जसोतसो हुर्काएर उनी वर्षका के भएका थिए, आमाले उनलाई एउटा अनाथालयको जिम्मा लगाइदिएकी थिइन् । त्यहीँबाट लियोनार्डोले स्कूले शिक्षा ग्रहण गर्न भ्याए । आर्थिक अवस्था दयनीय भएकाले उनी सानै छँदा कामको खोजीमा जुटे ।

त्यही क्रममा आफू जन्मेहुर्केको ठाउँमा १४ वर्ष उमेरमा कारको पार्टपुर्जा बनाउने एउटा सानो यान्त्रिकशालामा ‘डाय मेकर’का रुपमा उनले काम गर्न थाले । काम कठिन थियो, तर लगनशीलताले आफ्नो कामलाई उन्नत र परिस्कृत गर्दै लगे ।

धातुसँग जोडिएको कामलाई स्पेक्टल पार्ट बनाउनमा आफ्नो कार्यदक्षता बढाए । त्यसमा पोख्त भइसकेपछि उनी सन् १९६१ मा बेल्लुनो प्रान्तको अगोर्डो बसाईं सरे, जहाँ इटालीमा सबेभन्दा बढी आँखामा प्रयोग गर्ने सामग्रीका उद्योगहरु थिए ।

त्यहाँ एउटा नयाँ कम्पनी ‘लक्सोटिका’ मा आफूले कमाएको सीमित रकम लगानी गरे । लियोनार्डो आफ्नो कम्पनी खोल्दा २५ वर्षका मात्र थिए । उनको त्यो कम्पनी राम्रा, विलासिला र स्पोर्टस्, सनग्लासको डिजाइन, उत्पादन र बिक्रीविरतण गर्दै विश्वमै लोकप्रिय छ ।

हाल विश्वभर ६ हजार स्टोरबाट उत्पादनको बिक्रीवितरण हुने गरेको छ । कम्पनीमा काम गर्नेको संख्या हाल ७३ हजार ४ सय छन् । इटालीको मिलानमा सन् १९३५ मे २२ मा जन्मेका उनी हाल लक्सोटिकाका संस्थापक र प्रमुख पनि हुन् ।

धनीका कुरा, कान्तिपुर दैनिक ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार १७:१०