डिप्रोक्सले सय प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिप्रोक्सले सय प्रतिशत हकप्रद दिने



मषउचयककाठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले एक बराबर १ अर्थात सय प्रतिशत हकप्रद दिने भएको छ । बैंकको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सरोकारवाला निकायहरुको स्वीकृती  र साधारण सभाबाट पारीत हुन बाँकी छ ।

राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंकले गतआर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत बोनश वितरणको प्रस्ताव यसअघिनै पारित गरिसकेको छ ।

बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी १७ करोड रुपैयाँबाट बढेर २५ करोड ७९ लाख रुपैंया पुग्ने छ । त्यसपछि शतप्रतिशत हकप्रद शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी ५१ करोड रुपैयाँ नाघ्नेछ ।

प्रकाशित : १९ चैत्र २०७२, शुक्रबार ०४:४४